काठमाण्डौ । नेपाली बजारमा सुनको भाउको बढोत्तरीले मंगलबार पनि निरन्तरता पाएको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ८ हजार ९०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ८ हजार ४०० रुपैयाँ कायम भएको छ। 

हिजो पनि सुनको भाउ तोलामा १ हजार रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख ८ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेर १ हजार ३४० रुपैयाँ कायम भएको छ। हिजो तोलामा १५ रुपैयाँले बढेर चाँदी १ हजार ३४५ रुपैयाँमा किनबेच भएको थियो।