काठमाण्डौ । धितोपत्रको दोस्रो बजारमा यो साता कारोबार खुलेको ५ दिनमा १५५.६६ अंकको गिरावट आएको छ । 

यो साताको आइतबार ४ अर्ब ८४ करोड रुपैयाँको कारोबार हुुँदा सोमबार, बुुधबार र बिहीबार २ अर्ब रुपैयाँ बढीको कारोबार भयो भने मंगलबार ३ अर्ब ८५ करोड रुपैयाँ बढीको कारोबार भयो । 

साताभरिमा १६ अर्ब २१ करोड ९० लाख रुपैयाँ रकम बढीको कारोबार भएको नेप्सेले जनाएको छ।

साताको कारोबार हुने पहिलो दिन आइतबार सबैभन्दा बढी १ करोड २५ लाख १७ हजार २१३ कित्ता कारोबार भएको बेला बिहीबार सबैभन्दा कम ५९ लाख ४० हजार ५३३ कित्ता सेयर कारोबार सम्पन्न भएको थियो । 

नेप्सेकै इतिहासमा हालसम्मकै सर्वाधिक कारोबार संख्याको रेकर्ड ब्रेक गरेको गत आइतबार ३९ हजार २८९ पटक सेयर कारोबार भइ सर्वाधिक कारोबार संख्याको रेकर्ड कायम भएको थियो । हिजो बिहीबार भने साताभरिमा सबैभन्दा कम कारोबार संख्या २२ हजार ५३१ पटक सेयर कारोबार भएको थियो । साताभरिमा भने १ लाख ४३ हजार ९५६ कारोबार संख्याको तथ्यांक छ । 

साताको पहिलो कारोबार दिन आइतबार कुल बजार पूँजीकरण २० खर्ब ३१ अर्ब रुपैयाँ बढी भएकोमा हिजो बिहीबार भने कुल बजार पूँजीकरण १८ खर्ब ३२ करोड रुपैयाँ संकुुचन आएको छ ।