काठमाण्डौ । नेपाल इन्फ्रास्टक्चर बैंकको ८ अर्ब रुपैयाँ बराबरको आइपीओमा आवेदन गर्नैका लागि डिम्याट खाता र मेरो सेयर खोल्नेको ओइरो नै लागेको देखिएको छ।
नेपाल इन्फ्रास्टक्चर बैंकको आइपीओ आवेदन गर्ने टार्गेट लिई आवेदनका लागि आवश्यक पर्ने डिम्याट खाता र मेरो सेयर खोल्नेको संख्या एक सातामै १ लाख १० हजार ५१४ पुगेको छ भने मेरो सेयर लिनेको संख्या ७७ हजार ४३३ पुगेको छ।
सीडीएससीका अनुसार गत पुस २८ गते १८ हजार ७०३ डिम्याट र १८ हजार ७२१ मेरो सेयर खुलेको छ। साताभरिमै गत माघ ४ गते सबैभन्दा बढी ३० हजार १८४ डिम्याट र १८ हजार ७८४ मेरो सेयर खुलेको छ, जुन अहिलसम्मकै एकैदिन खुलेको सर्वाधिक रेकर्ड हो।
एक वर्षअघि भने दैनिक १ हजार देखि १५ सय हाराहारीमा डिम्याट खाता र मेरो सेयर खुल्ने गरेको सीडीएससीको भनाइ छ। आज मंगलबारसम्ममा कुल २६ लाख १० हजार ८६२ डिम्याट खाता खुलेको सीडीएससीले जनाएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago