काठमाण्डौ । सातवटै प्रदेश सरकारले आर्थिक वर्ष २०७९–८० को बजेट बुधबार सार्वजनिक गर्दैछन्।
संवैधानिक प्रावधानअनुरुप नै प्रदेश सरकारले आज बजेट सार्वजनिक गर्न लागेका हुन्। संविधानमा संघीय सरकारले जेठ १५ गते र प्रदेश सरकारले असार १ गते बजेट सार्वजनिक गर्नुपर्ने व्यवस्था छ।
सातवटै प्रदेश सरकारको चालु आवको बजेट २ खर्ब ६१ अर्ब रुपैयाँ रहेको छ।
यसअघि सातै प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याइसकेका छन्। प्रदेश सरकारहरुले कृषि र सडकलाई प्राथमिकतामा राखेका छन्। पर्यटन, खानेपानी र रोजगारी सिर्जना प्रदेशहरुले प्राथमिकतामा राखेका छन्।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago