काठमाण्डौ । ‘दिगो आर्थिक विकासका लागि बृहत अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी’ भन्ने अभियानसहित उद्यमशिलता विकास र औद्योगिक उत्पादकत्व वृद्धिमा सहयोग पुर्याउने उद्देश्यले यही वैशाख २२ गतेदेखि चितवन प्रदर्शनी केन्द्र भरतपुर चितवनमा ‘सातौँ चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी–२०८०’ हुने भएको छ।
यो प्रदर्शनी नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रवर्द्धन सहयोग, चितवन उद्योग संघको आयोजना तथा नेपाल उद्योग परिसंघ र नेपाल घरेलु तथा साना उद्योग महासंघको अभिभावकत्व र मिडिया स्पेस सोलुसन्स प्रालि तथा फ्युचरेक्स ट्रेड फेयर एन्ड इभेन्ट्सको व्यवस्थापकीय साझेदारीमा हुन लागेको हो।
वैशाख २४ गतेसम्म सञ्चालन हुने प्रदर्शनीमा आधुनिक मेसिन, यन्त्र उपकरण र प्रविधिसहित निर्माण, कृषि, अटोमोबाइल, फर्निचर, इन्जिनियरिङ, मेटल, फर्मास्युटिकल्स, टेक्सटाइल, प्रिन्टिङ, प्याकेजिङ, प्लास्टिक, पर्यटन, फुड एन्ड बेभरेजेज तथा अन्य सेवामूलक उद्योगहरुको उत्पादनको बृहत प्रदर्शनी हुनेछ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी २०० भन्दा बढी स्टल रहने गरी आयोजना हुन गइरहेको प्रदर्शनीको धमाधम स्टलहरु बुकिङ हुन थालेका छन्। प्रदर्शनीमा प्रदर्शकका रुपमा सहभागिता जनाउन चाहने उद्योगीहरुले यही १७ गतेसम्म स्टल बुकिङ गरिसक्नुपर्ने आयोजकले जनाएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19