काठमाण्डौ । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा तेश्रो दिनसम्म मागभन्दा १३ गुणा बढी आवेदन परेको छ ।
आइपीओको निश्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आइपीओ खुलेको तेश्रो दिन अर्थात मंगलबार साँझ ५ बजेसम्ममा ८८ लाख ६४ हजार ८३० कित्ताका लागि आवेदन परेको हो । यो भनेको सर्वसाधारणका लागि निश्कासन गरिएको कित्ताको १३.४० गुणाले बढी हो ।
यो अवधिसम्म आइपीओ खरीदका लागि ३ लाख ६३ हजार ३५२ जनाको आवेदन परेको छ।
साधना लघुवित्तले असार २१ गतेदेखि प्रतिकित्ता रु. १०० अंकित दरका ७ लाख ७ हजार ८०० कित्ता आईपीओ निष्कासन गरेको छ । निष्कासित कुल सेयरमध्ये ०.५० प्रतिशत अर्थात १० हजार ८९० कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात ३५ हजार ३९० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी ६ लाख ६१ हजार ५२० कित्ता सेयर सर्वसाधारणका लागि सुरक्षित गरिएको हो ।
यो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्म खरिद आवेदन दिन सक्छन्। आइपीओमा आवेदन दिने भोलि(बुधबार) अन्तिम दिन हो ।
साधना लघुवित्तको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिन्छ। त्यस्तै ‘मेरो सेयर’ मार्फत पनि आवेदन भर्न सकिनेछ।
यो आईपीओलाई केयर रेटिङ नेपालले औसतभन्दा कम आधार जनाउने ग्रेड ४ प्लस प्रदान गरेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19