काठमाण्डौ । साधना लघुवित्तले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश नदिने भएको छ।

कम्पनीको गत मंसिर २९ गते सम्पन्न सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गर्दै अन्य वित्तीय विवरण स्वीकृतिको लागि राष्ट्र बैंकमा पठाउने निर्णय गरेको छ । 

बैठकले २०७९ साउन १ गतेदेखि २०८० असार मसान्तसम्मको नाफा नोक्सान हिसाब, वासलात र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्ने प्रस्तावसहितका वित्तीय विवरणहरु अनुमोदनको लागि आगामी वार्षिक साधारण सभामा पेस गर्न स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय गरेको हो ।

राष्ट्र बैंकले वित्तीय विवरण स्वीकृत गरेपछि कम्पनीले साधारणसभा बोलाउने बताएको छ ।

कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट १९ प्रतिशत बोनश सेयर र कर प्रयोजनका लागि एक प्रतिशत नगद लाभांश बितरण गरेको थियो ।