काठमाण्डौ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमीटेडले बिक्री नभएको हकप्रद लिलामीमा राखेको छ ।
कम्पनीले संस्थापक सेयरतर्फ ३ हजार ३६८ कित्ता र सर्वसाधारण समूहतर्फ ९ हजार ७४ कित्ता नबिकेको हकप्रद सेयर लिलामीमा राखेको हो ।
यो कम्पनीले २०७२ मंसिर २५ गतेदेखि पुस ३० गतेसम्म बिक्री खुल्ला गरी आवेदन माग गरिएकोमा बिक्री नभएको कित्ता चैत १३ गतेभित्र बोलपत्र पेश गर्ने गरी लिलामीमा राखेको हो ।
इच्छुक लगानीकर्ताले काठमाण्डौको नक्सालस्थित नवील इन्भेष्टमेन्ट बैंकिङ लिमीटेड तथा साना किसान लघुवित्तका शाखा कार्यालयहरु बिर्तामोड, इटहरी, अत्तरिया, बनेपा, नेपालगञ्ज, हेटौडा, बुटवल, गजुरी, पोखरा, वीरेन्द्रनगर र बर्दिबासबाट बोलपत्र आवेदन फारम बुझाउन सक्नेछन् ।
साना किसानको दोश्रो बजारको अन्तिम बिक्रीमूल्य १५२८ रुपैयाँ रहेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago