काठमाण्डौ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको अवितरित हकप्रद आज (फागुन २८ गते) बाट लिलामीमा राखिएको छ।
संस्थाले २०७२ सालमा निष्कासन गरेको हकप्रदमा बिक्री नभएका कुल १२ हजार ४४२ कित्ता सेयर लिलामीमा राखेको हो। जसमा संस्थापक सेयर ३ हजार ३६८ र सर्वसाधारण सेयर ९ हजार ७४ कित्ता रहेका छन्।
लिलामीमा राखिएको सर्वसाधारण सेयरमा इच्छुक व्यक्ति, कम्पनी, संघ, संस्था तथा संस्थापक सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्र आवेदन दिन पाउनेछन्। लिलामीमा राखिएको सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ प्रतिकित्ता तोकिएको छ। लगानीकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढीमा बोलकबोल गर्नुपर्नेछ भने न्यूनतममा १०० कित्ता र अधिकतमा १० अंकले भागले जाने संख्यामा आवेदन पेस गर्नुपर्नेछ।
धितोपत्र बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ। लगानीकर्ताले काठमाण्डौको नक्सालस्थित नबिल इन्भेस्टमेन्ट, साना किसान विकास लघुवित्तका शाखाहरु बिर्तामोड, इटहरी, अत्तरिया, बनेपा, नेपालगन्ज, हेटौँडा, बुटवल, गजुरी, पोखरा, वीरेन्द्रनगर र बर्दिबासमा बोलपत्र पस गर्न सक्नेछन्।
बोलपत्र पेस गर्ने अन्तिम मिति आउँदो चैत १३ गते तोकिएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19