काठमाण्डौ । मर्जरमा जाने सहमति गरेका साना किसान विकास लघुवित्त र आरएमडिसी लघुवित्तको सेयर कारोबार आज असोज २ गतेबाट रोक्का गरिएको छ। 

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मर्जर प्रयोजनका लागि साना किसान विकास लघुवित्त र आरएमडिसी लघुवित्तको सेयर कारोबार रोक्का गरेको हो। दुवै लघुवित्तले पत्राचार गर्दै सेयर कारोबार रोक्न आग्रह गरेपछि नेप्सेले रोक्का गरेको हो।

यी दुवै लघुवित्तबीच गत शुक्रबार मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको थियो। 

मर्जरका लागि सेयर आदानप्रदान अनुपात १००ः८७ कायम हुने सहमति भएको छ । यसको अर्थ आरएमडिसी लघुवित्तको हाल १०० कित्ता सेयर हुनेले मर्जरपछि बन्ने संस्थाको ८७ कित्ता सेयर पाउनेछन्।