कठमाण्डौ । साना किसान विकास लघुवित्तले गत आर्थिक वर्ष २०७९/ ०८० को मुनाफाबाट २० प्रतिशत लाभांश घोषणा गरेको छ ।

कम्पनीको गत मंसिर २४ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

जसअनुसार कम्पनीले कायम चुक्तापूँजीको १५ प्रतिशत बोनस सेयर र करप्रयोजनासहित ५ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । हाल कम्पनीको चुक्तापूँजी ३ अर्ब ३३ करोअद १६ लाख छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउने छन् ।