काठमाण्डौ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले अवितरित हकप्रद सेयर लिलामीमा राख्ने भएको छ।

संस्थाले अवितरित कुल १२ हजार ४४२ कित्ता हकप्रद लिलामीमार्फत बेच्ने भएको हो। जसमा ३ हजार ३६८ कित्ता प्रवद्र्धक सेयर र ९ हजार ७४ कित्ता सर्वसाधारण सेयर छन्।

लिलामीमा राखिने हकप्रदको बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडलाई संस्थाले नियुक्त गरेको छ। बिक्री प्रबन्धकका विषयमा साना किसान विकास र नबिल इन्भेस्टमेन्टबीच आज बिहीबार अपराह्न सम्झौता भएको हो।