काठमाण्डौ । सानिमा बैंकका ग्राहकहरुले सस्तो डिलमा सामान किन्दा विशेष छुट पाउने भएका छन्।
नेपालीहरुको महान चाड बडा दसैंंका अवसरमा सानिमा बैंकले ग्राहकका लागि विभिन्न छुटका योजना ल्याउने क्रममा ‘बिग डिल एट सस्तो डिल’ योजना सार्वजनिक गरेको हो। अनलाइन सपिङ पोर्टल सस्तो डिलसँगको सहकार्यमा सञ्चालित यस योजनामा बैंकको मोबाइल बैंकिङ एप, सानिमा सजिलो ई–बैंकिङ प्रयोगकर्ताले क्यूआर कोड स्क्यानमार्फत भुक्तानी गर्दा २५५ छुट वा अधिकतम २ हजार ५०० रुपैयाँसम्म क्यासब्याक प्राप्त गर्न सक्नेछन्।
योजना अवधिभर सहभागी हुने ग्राहकलाई ‘फस्र्ट कम फस्र्ट सर्भ’ का आधारमा छुट प्रदान गरिनेछ। यो योजना भोलि असोज २७ गतेबाट कात्तिक १ गतेसम्म पाँच दिनका लागि लागू हुनेछ।
सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ आउटलेट, होटेल, रेस्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ।
सानिमा बैंकको सातै प्रदेशमा हाल ८३ वटा शाखा, १५ विस्तारित काउन्टर र ८१ वटा एटीएम सञ्चालनमा रहेका छन्।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago