काठमाण्डौ । सानिमा माई हाइड्रोपावर कम्पनीले आर्थिक वर्ष २०७३/७४ मा चमात्कारिक प्रगति गरेको छ । अघिल्लो वर्षसम्म २ करोड ९६ लाख खूद घाटा व्यहोरेको यो कम्पनीले समीक्षा अवधिमा २८ करोड ३६ लाख खूद नाफा आर्जन गरेको छ ।
विगतमा सानिमा माई हाइडोपावरले लाखौ रुपैयाँ घाटा व्यहोरिरहेकोमा यो वर्ष चमात्कारिक सुधार गर्दै राम्रो नाफासहितको बित्तीय विवरण निकाल्ने सफलता पाएको हो ।
बुधबार कम्पनीले प्रकाशित गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार बिजुली बेचेर मात्रै यो कम्पनीले समीक्षा अवधिमा ७९ करोड ७८ लाख आम्दानी गरेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ४० करोड २२ लाखमा सीमित थियो ।
सानिमा माईको चुक्तापूँजी १ अर्ब ५ करोड रुपैयाँ छ । यो कम्पनीले आफ्ना सेयरधनीका लागि साउन २७ गतेदेखि सतप्रतिशत हकप्रद सेयर निश्कासन गरेको छ । हकप्रदको पूँजीकरणपछि यो कम्पनीको चुक्तापूँजी २ अर्ब ११ करोडको उचाईमा पुुग्नेछ ।
यो अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी २६.२९ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १२७.७६ रुपैयाँ र मूल्य आम्दानी अनुपात ६.०६ गुणा कायम भएको छ ।
यसैबीच, सानिमाले कमालको प्रगति गर्दा अपी पावर कम्पनी लिमीटेडको नाफामा भने संकुचन आएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा यो कम्पनीले ८.३७ प्रतिशत कम नाफा आर्जन गरेको हो ।
अघिल्लो वर्ष ८ करोड ८ लाख नाफा आर्जन गरेको यो कम्पनीले समीक्षा अवधिमा ७ करोड ४० लाख मात्र आर्जन गर्ने सफलता पाएको हो ।
यो कम्पनीको आम्दानीसँगै खर्च समेत उच्च गतिमा बढेको छ । समीक्षा अवधिमा बिजुली बिक्रीबाट १३ करोड ८१ लाख कमाएको अपीको प्रशासनिक खर्च बढेर ७० लाख ५१ हजारको उचाईमा पुुगेको छ ।
हाल यो कम्पनीको चुक्तापूँजी १ अर्ब ५ करोड रुपैयाँ रहेको छ । यो कम्पनीले निकट भविष्यमै २ सय प्रतिशत हकप्रदको बिक्री खुल्ला गर्दैछ । हकप्रदको निश्कासन र पूँजीकरणपछि यो कम्पनीको चुक्तापूँजी ३ अर्ब १५ करोड पुुग्नेछ ।
समीक्षा अवधिमा अपीको प्रतिसेयर आम्दानी ८.०८ रुपैयाँबाट घटेर ७.०५ रुपैयाँमा झरेको छ । यो अवधिमा प्रतिसेयर नेटवर्थ १०८.४४ रुपैयाँ र मूल्य आम्दानी अनुपात ८७.२ गुणा कायम भएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago