काठमाण्डौ । सानिमा माई हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज आइतबार अन्तिम मौका रहेको छ ।
लाभांश र साधारणसभा प्रयोजनका लागि कम्पनीले भोलि सोमबार एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकोले प्रस्तावित लाभांश सुरक्षित गर्न आजसम्म सेयरधनी कायम हुनुपर्नेछ ।
कम्पनीले गत वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई चुक्तापुँजीको १० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । बोनस सेयर कर प्रयोजनार्थ कम्पनीले ०.५२ प्रतिशतले हुने आउने रकमबराबरका नगद लाभांशका रुपमा वितरण गर्ने प्रस्ताव पनि गरेको छ ।
कम्पनीको आठौँ वार्षिक साधारणसभा पुस २७ गते निर्णय गरेको छ । सोही साधारणसभाबाट प्रस्तावित लाभांश अनुमोदन गरिनेछ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago