काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले एकैदिन २ वटा कम्पनीको आईपीओलाई निष्कासनको अनुमति दिएको छ।
धितोपत्र बोर्डले सानिमा लाइफ इन्स्योरेन्स र मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडलाई आईपीओ निष्कासनको अनुमति दिएको हो। धितोपत्र बोर्डका एक अधिकारीका अनुसार हिजो बसेको बोर्डको बैठकले यी दुवै कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिने निर्णय गरेको छ।
सानिमा लाइफले गत जेठ ९ गते आईपीओ निष्कासनको अनुमति माग्र्दै धितोपत्र बोर्डमा आवेदन दिएको थियो। धितोपत्र बार्डको अनुमति पाएसँगै सानिमा लाइफ इन्स्योरेन्सले अब ६० करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गर्नेछ।
यो कम्पनी १०० रुपैयाँ अंकित दरका कुल ६० लाख कित्ता आईपीओ निष्कासन गर्नेछ। कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।
यसैगरी गरी मानुषी लघुवित्तले गत वैशाख १३ गते आईपीओ निष्कासनको अनुमति माग्दै आवेदन दिएको थियो। धितोपत्र बोर्डको अनुमति पाएपछि अब यो लघुवित्तले १०० रुपैयाँ अंकित दरका कुल ३ लाख ९३ हजार ७५० कित्ता अर्थात ३ करोड ९३ लाख ७५ हजार रुपैयाँबराबरको आईपीओ निष्कासन गर्नेछ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19