काठमाण्डौ । सानिमा बैंक लिमिटेडले अनलाइन सपिङ पोर्टल दराज केयमुसँगको सहकार्यमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई दराजबाट सामान खरिद गर्दा विशेष छुट दिने भएको छ।
दराजको महाबचत बजार योजनाअन्तर्गत सानिमा बैंकका ग्राहकले डेबिट कार्ड प्रयोग गरी सामान खरिद गर्दा १५% वा अधिकतम् रु. १ हजार ५०० सम्मको छुट प्राप्त गर्न सक्नेछन् भने क्रेडिट कार्ड प्रयोग गरी सामान खरिद गर्दा २०% वा अधिकतम रु. २ हजारसम्मको छुट प्राप्त गर्न सक्नेछन्।
यो योजना २०७८ साउन ३ देखि २०७८ साउन ७ गतेसम्म लागू हुने बैंकले जनाएको छ।
उक्त समझदारीपत्रमा सानिमा बैंकका तर्फबाट डिजिटल बैंकिङ विभागका प्रमुख विक्रम श्रेष्ठ र दराज केयमुका तर्फबाट डिजिटल पेमेन्ट पाटनरसिप म्यानेजर अरुण फुयाँलले हस्ताक्षर गरेका छन्।
सानिमा बैंकको देशभर ८६ शाखा कार्यालय, १७ विस्तारित काउन्टर र ९५ एटीएम सञ्चालनमा रहेका छन्। सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ आउटलेट, होटेल, रेस्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago