काठमाण्डौ । सानिमा म्युचुअल फन्डअन्तर्गत सञ्चालित सानिमा इक्विटी फन्ड र सानिमा लार्ज क्याप फन्ड दुवैको प्रतिइकाइ खुद मूल्य (न्याभ) असार महिनामा घटेको छ।
योजना व्यवस्था सानिमा क्यापिट र कोष प्रवर्द्धक सानिमा बैंक रहेका यी दुवैको न्याभ असार महिनामा घटेको हो। जसअनुसार सानिमा इक्विटी फन्डको न्याभ घटेर २०.९६ रुपैयाँ कायम भएको छ। गत जेठमा न्याभ २१.४९ रुपैयाँ रहेको थियो।
आज सार्वजनिक असार महिनाको अपरिष्कृत वित्तीय विवरणअनुसार सानिमा इक्विटी फन्डअन्तर्गत सूचीकृत सेयरमा लगानी बढेर १ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ। गत जेठमा सूचीकृत सेयरमा १ अर्ब ८९ करोड रुपैयाँ लगानी थियो।
असार मसान्तसम्म यस फन्डअन्तर्गत सार्वजनिक निष्कासन, हकप्रद र बोनस सेयरमा कुल २ करोड ५८ लाखरुपैयाँ लगानी भएको छ। जेठसम्म यस्तो लगानी २ करोड ३९ लाख रुपैयाँ रहेको थियो।
असारसम्म यो फन्डले कुल लगानी २ अर्ब २७ करोड रुपैयाँ पुगेको छ। जेठसम्म कुल लगानी २ अर्ब २३ करोड रुपैयाँ रहेको थियो।
सानिमा इक्विटी फन्डले असार मसान्तसम्म १ अर्ब ३३ करोड रुपैयाँ कुल आय गरेको छ। जेठ महिनामा कुल आय १ अर्ब ४० करोड रुपैयाँ नाफा रहेको थियो।
यसैगरी असारमा सानिमा लार्ज क्याप फन्डको न्याभ घटेर १०.४४ रुपैयाँमा झरेको छ। गत जेठमा न्याभ १०.७२ रुपैयाँ रहेको थियो।
यो फन्डअन्तर्गत सूचीकृत सेयरमा लगानी बढेर ५० करोड ३० लाख रुपैयाँ पुगेको छ। गत जेठमा सूचीकृत सेयरमा ४९ करोड ५ लाख रुपैयाँ लगानी थियो।
असार मसान्तसम्म सानिमा लार्ज क्याप फन्डअन्तर्गत सार्वजनिक निष्कासन, हकप्रद र बोनस सेयरमा कुल ८१ लाख ५३ हजार रुपैयाँ लगानी भएको छ। जेठसम्म यस्तो लगानी २२ लाख ३० हजार रुपैयाँ रहेको थियो।
असारसम्म यो फन्डको कुल लगानी ६५ करोड १९ लाख रुपैयाँ पुगेको छ। जेठसम्म कुल लगानी ६२ करोड ९९ लाख रुपैयाँ रहेको थियो।
सानिमा लार्ज क्याप फन्डले असार मसान्तसम्म ६ करोड ६५ लाख रुपैयाँ कुल आय गरेको छ। जेठ महिनामा कुल आय ८ करोड ६८ लाख रुपैयाँ नाफा रहेको थियो।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago