काठमाण्डौ । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको ६० करोड रुपैयाँबराबरको आईपीओमा आज साउन २० गतेबाट आवेदन खुला गरिएको छ।
कम्पनीले १०० अंकित दरका कुल ६० लाख कित्ता आईपीओ निष्कासन गरेको हो। कुल कित्तामध्ये ५ प्रतिशतले हुन आउने ३ लाख कित्ता सेयर कर्मचारीका लागि र ५ प्रतिशतले हुन आउने ३ लाख कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी ५४ लाख कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।
सानिमा लाइफको आईपीओमा सर्वसाधारणले न्यूनतम १० कित्ता र अधिकतममा ३० हजार कित्ताका लागि आवेदन दिन पाउनेछन्। सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयहरुबाट तथा सीडीएससीबाट निर्माण गरिएको मेरो सेयर अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।
यो आईपीओको निष्कासन बन्द छिटोमा साउन २४ गते र ढिलोमा भदौ २ गते बैंकिङ समयपछि हुनेछ।
सानिमा लाइफको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।
सानिमा लाइफको आईपीओलाई नेपाल धितोपत्र बोर्डले गत असार ३१ गते निष्कासनको अनुमति दिएको थियो।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago