काठमाण्डौ । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको ६० करोड रुपैयाँबराबरको आईपीओ निष्कासन भएको पहिलो दिनै २.२२ गुणाले ओभरसब्सक्राइब्ड भएको छ।
कम्पनीले आज (असार २० गते)बाट १०० अंकित दरका कुल ६० लाख कित्ता आईपीओ निष्कासन गरेको छ। कुल कित्तामध्ये ५ प्रतिशतले हुन आउने ३ लाख कित्ता सेयर कर्मचारीका लागि र ५ प्रतिशतले हुन आउने ३ लाख कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी ५४ लाख कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।
आज अपराह्न ५ बजेसम्म ७ लाख २८ हजार ८४० आवेदकबाट १ करोड २० लाख १८ हजार २६० कित्ताका लागि आवेदन परेको बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले जनाएको छ। यो मागभन्दा २.२२ गुणा बढी आवेदन हो।
सानिमा लाइफको आईपीओमा सर्वसाधारणले न्यूनतम १० कित्ता र अधिकतममा ३० हजार कित्ताका लागि आवेदन दिन पाउनेछन्। सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयहरुबाट तथा सीडीएससीबाट निर्माण गरिएको मेरो सेयर अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।
पहिलो दिन नै मागभन्दा बढी कित्ताका लागि आवेदन परेका कारण यो आईपीओको बाँडफाँड पनि गोलाप्रथाबाट हुने निश्चित भएको छ। यो आईपीओको साउन २४ गतेसम्म आवेदन दिन पाइन्छ।
सानिमा लाइफको आईपीओलाई नेपाल धितोपत्र बोर्डले गत असार ३१ गते निष्कासनको अनुमति दिएको थियो।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago