काठमाण्डौ । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको हालसम्मकै सर्वाधिक आवेदन परेको छ। 

आज अन्तिम दिन साँझ ५ बजेसम्म यो आईपीओ २४ लाख १९ हजार बढीको आवेदन परेको छ। जुन हालसम्मकै उच्च हो। यसअघि युनियन लाइफ इन्स्योरेन्सको आईपीओमा सार्वधिक आवेदन परेको थियो। यो आईपीओमा झन्डै पौन २२ लाख आवेदन परेको थियो। 

कम्पनीले गत असार २० गतेबाट १०० अंकित दरका कुल ६० लाख कित्ता आईपीओ निष्कासन गरेको थियो। कुल कित्तामध्ये ५ प्रतिशतले हुन आउने ३ लाख कित्ता सेयर कर्मचारीका लागि र ५ प्रतिशतले हुन आउने ३ लाख कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी ५४ लाख कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिएका छन्। 

धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आज अन्तिम दिन साँझ ५ बजेसम्म २४ लाख १९ हजार १२७ आवेदकबाट ३ करोड ६९ लाख ४३ हना। ४४० कित्ता सेयर खरिदका लागि आवेदन परेको छ। जुन मागभन्दा ६.८४ गुणा बढी आवेदन हो। 

सानिमा लाइफको आईपीओमा सर्वसाधारणले न्यूनतम १० कित्ता र अधिकतममा ३० हजार कित्ताका लागि आवेदन दिन पाउने व्यवस्था गरिएको थियो। सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयहरुबाट तथा सीडीएससीबाट निर्माण गरिएको मेरो सेयर अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन व्यवस्था मिलाइएको थियो।