काठमाण्डौ । सानिमा लाइफ इन्स्योरेन्स लिमीटेडको आईपीओ बाँडफाँड गरिएको छ । 

आईपीओ बाँडफाँड कार्यक्रम काठमाण्डौको दरबारमार्गस्थित सानिमा लाइफ इन्स्योरेन्सको कार्यालयमा भएको हो । 

आइपीओमा आवेदन दिएकामध्ये ५ लाख ४० हजार आवेदकले १० कित्ताको दरले सानिमा लाइफको सेयर पाएका छन् । 

आइपीओमा २३ लाख १३ हजार ५५६ आवेदकबाट ३ करोड ४२ लाख ७९ हजार ६२० कित्ता माग गर्दै आवेदन दिएका थिए । यसबाहेक आइपीओ खरीदका लागि  १ लाख ६ हजार २९२ आवेदन र त्यसमार्फत माग भएको २६ लाख ७१ हजार ४६० कित्ताको आवेदन रद्ध गरिएको थियो । 

आइपीओमा ५ हजार ४३४ जनाले डूब्लीकेट आवेदन समेत दिएका थिए । 

त्यसमार्फत ७४ हजार ६०० कित्ता माग भएकोमा सो पनि रद्ध गरिएको बिक्री प्रबन्धक प्रभू क्यापिटलले जनाएको छ । 

यसरी कुल २३ लाख ८ हजार १२२ आवेदकलाई भ्यालिड मानी त्यसमार्फत माग भएको ३ करोड ४२ लाख ५ हजार २० कित्तालाई आधार मानेर आइपीओ बाँडफाँड गरिएको हो । 

यो आईपीओमा हालसम्मकै सर्वाधिक आवेदन परेको थियो। 

कम्पनीले गत साउन २० गतेदेखि साउन २४ गतेसम्म १०० अंकित दरका कुल ६० लाख कित्ता आईपीओ निष्कासन गरेको थियो। प्रतिशतले हुन आउने ३ लाख कित्ता सेयर कर्मचारीका लागि र ५ प्रतिशतले हुन आउने ३ लाख कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी ५४ लाख कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिएका छन्। 

धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमीटेड रहेको थियो ।

लगानीकर्ताले सिडिएसीको आइपीओ हेर्न सकिने साइट, बिक्री प्रबन्धक र सेयर निश्कासन गर्ने कम्पनी(सानिमा लाइफ)को वेबसाइटबाट पनि आफूलाई सेयर परे नपरेको हेर्न सक्नेछन् ।