काठमाण्डौ । सानिमा बैंकले सानिमा दिर्घायु बचत योजनाअन्तर्गत रु. १० लाखको दुर्घटना बीमा दाबी भुक्तानी गरेको छ।
सानिमा बैंकका खातावाला हिमप्रकाश घर्ती पुनको दुर्घटना भई मृत्यु भएकोले उनका हकवाला श्रीमती तनमाया घर्ती पुनलाई सानिमा दिर्घायु बचत योजनाअन्तर्गत रु. १० लाख दुर्घटना बीमा रकम प्रदान गरिएको हो। बीमाको रकम तनमाया घर्ती पुनलाई सानिमा बैंक अमरसिंह शाखाका शाखा प्रबन्धक वीरेन्द्र लाल श्रेष्ठले प्रदान गरेका छन्।
मृतक हिमप्रकाश घर्ती पुनले सानिमा बैंक अमरसिंह शाखामा सानिमा दिर्घायु बचत खाता खोलेका थिए।
सानिमा बैंकले दिर्घायु बचत योजनाअन्तर्गत रु. १० लाखको दुर्घटना बीमा, रु. ३ लाखसम्मको ६ जटिल रोगको उपचार बीमा, रु ५० हजारसम्मको स्वास्थ बीमा र रु. ५ हजारसम्मको स्वास्थ जाँच सुविधा प्रदान गर्दै आइरहेको छ।
सानिमा बैंकले देशका सातै प्रदेशमा १०४ वटा शाखा तथा ९५ वटा एटीएमबाट ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago