काठमाण्डौ। सानिमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई बहन गर्ने क्रममा शिक्षा, स्वास्थ्यलगायत अन्य क्षेत्रहरुमा विपन्न वर्गका समुदायलाई प्रत्यक्ष फाइदा हुने गरी विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ।
यही क्रममा सानिमा बैंकले सन् २०१२ देखि काठमाण्डौ उपत्यकाबाहिरका प्रत्येक शाखाहरुबाट कक्षा ११ तथा १२ का लागि स्थायी बसोबास भएका गरिब तथा विपन्न वर्गका २–२ जना विद्यार्थीलाई विद्यार्थीकै रोजाइको शैक्षिक संस्था र विषयमा उच्च शिक्षा हासिल गर्न छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ। सोही कार्यक्रमलाई निरन्तरता दिँदै बैंकले यस वर्षका लागि पनि छात्रवृत्ति आवेदन खुला गरेको छ।
छात्रवृत्तिमा सहभागी हुनका लागि २०७८ भदौ ३१ गतेसम्म आवेदन दिन सकिनेछ। छात्रवृत्तिसम्बन्धी विस्तृत जानकारी सानिमा बैंकको वेबसाइट https://www.sanimabank.com/ मा उपलब्ध छ।
यस कार्यक्रमअन्तर्गत विद्यार्र्थीलाई शैक्षिक संस्थामा लाग्ने शुल्कहरु तथा शैक्षिक सामग्रीका साथै अतिरिक्त मासिक रु. २ नगदवृत्तिसहित दुई वर्षका लागि छात्रवृत्ति प्रदान गरिन्छ।
सानिमा बैंकको देशका सातै प्रदेशमा १०४ वटा कार्यालय तथा ९६ वटा एटीएम सञ्चालनमा रहेका छन्।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago