काठमाण्डौ । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको सेयर आज बिहीबारबाट धितोपत्र दोस्रो बजारमा कारोबारमा आएको छ।
आज स्पेसल प्रि–ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले तोकेको ओपनिङ रेन्जभित्र सेयर किनबेच भएसँगै सानिमा लाइफ इन्स्योरेन्सको सेयर नियमित समयका लागि खुलेको हो। पहिलो कारोबारमा यो कम्पनीको सेयर प्रतिकित्ता ३०९ रुपैयाँमा किनबेच भएको छ।
नेप्सेले पहिलो कारोबारका लागि प्रतिकित्ता न्यूनतम १०३.१७ रुपैयाँदेखि अधिकतममा ३०९.५१ रुपैयाँसम्म ओपनिङ रेन्ज तोकेको थियो। नेप्सेले यो कम्पनीलाई ‘एसएलआई’ संकेत प्रदान गरेको छ।
नेप्सेमा हिजो बुधबार यो कम्पनीको सेयर सूचीकृत भएको थियो। यो कम्पनीको १०० अंकित दरका कुल २ करोड कित्ता सेयर सूचीकृत भएको छ। जसमा संस्थापक समूहको १ करोड ४० लाख रुपैयाँ र ६० लाख कित्ता सर्वसाधारण समूहको रहेको छ।
सानिमा लाइफले गत साउन २० गतेदेखि साउन २४ गतेसम्म १०० रुपैयाँ अंकित दरका कुल ६० लाख कित्ता आईपीओ बिक्री गरेको थियो। आईपीओको बाँडफाँड भने गत साउन ३० गते गरिएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19