 
                     
                                
                             
                                    काठमाण्डौ। हिन्दु महिलाहरुको विशेष पर्व तीजका अवसरमा सानिमा बैंकले ग्राहकका लागि विशेष योजना सार्वजनिक गरेको छ।
योजनाअन्तर्गत नारी बचत खाता खोल्दा निःशुल्क डेबिटरक्रेडिट कार्ड, मोबाइल बैंकिङ, मेरो सेयर, डिम्याट खाताका साथै लकर सुविधामा ७५५ सम्म छुट प्रदान गरिने बैंकले जनाएको छ। यसका साथै पहिलो पीओएस कारोबारमा १०५ वा रु. ५०० सम्मको क्यासब्याक ग्राहकले पाउनेछन्।
यसका अतिरिक्त रु. ५०० बराबरको एनसेल सिमकार्ड उपलब्ध गराउनुका साथै अमेरिकी डलर ई कार्ड निःशुल्क जारी गरिने बैंकले जनाएको छ। यो योजना भदौ ३१ गतेसम्म सानिमा नारी बचत खाता खोल्ने महिला ग्राहकका लागि उपलब्ध हुनेछ।
सानिमा बैंकले प्रत्येक नारी बचत खाता बापत बैंकका तर्फबाट मासिक रु. १ को दरले नारी सामाजिक कोषमा रकम जम्मा गरी सामाजिक कार्यमा खर्च गर्दै आएको छ। उक्त कोषअन्तर्गत हाल पाटन अस्पतालबाट निम्न आर्थिक अवस्था भएका महिलाहरुको उपचारका लागि आर्थिक सहयोग उपलब्ध गराइँदै आएको छ।
सानिमा बैंकको देशका सातै प्रदेशमा १०४ वटा कार्यालय तथा ९६ वटा एटीएमबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19