काठमाण्डौ । सानिमा बैंकले आफ्ना ग्राहकका लागि विभिन्न छुटका योजना ल्याउने क्रममा नेपालीको महान चाड दसैँका अवसरमा ‘बिग डिल एट सस्तो डिल’ योजना सार्वजनिक गरेको छ।
अनलाइन सपिङ पोर्टल सस्तो डिलसँगको सहकार्यमा सञ्चालित यस योजनामा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी भुक्तानी गर्दा २५% छुट वा अधिकतम रु. २ हजार ५०० सम्म छुट प्राप्त गर्न सक्नेछन्। योजना अवधिभर सहभागी हुने ग्राहकलाई ‘फर्स्ट कम फर्स्ट सर्भिस’ का आधारमा छुट प्रदान गरिने बैंकले जनाएको छ। यो योजना असोज १० देखि असोज १५ गतेसम्म लागू हुनेछ।
यसका साथै सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ आउटलेट, होटेल, रेस्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ।
सानिमा बैंकले देशभर सातै प्रदेशमा गरी १०५ वटा शाखा कार्यालय तथा ९६ वटा एटीएमबाट ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19