काठमाण्डौ । सानिमा बैंक लिमिटेडले आज कात्तिक ४ गतेबाट काठमाण्डौको चपली र भक्तपुरको बालकोटमा बैंक कार्यालय स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ।
चपली कार्यालयको उद्घाटन बैंकका अध्यक्ष विनयकुमार श्रेष्ठ र बुढानिलकण्ठ नगरपालिका वडा नं ७ का अध्यक्ष बसबहादुर महर्जनले संयुक्त रुपमा गरेका छन्।
यसैगरी बालकोट कार्यालयको उद्घाटन सूर्यविनायक नगरपालिकाकी उपमेयर जिना बस्नेत र सूर्यविनायक नगरपालिका वडा नं. २ का अध्यक्ष कमलनाथ आचार्यले संयुक्त रुपमा गरेका छन्।
उद्घाटन समारोहमा सानिमा बैंकका अध्यक्ष श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहालले बैंकका ग्राहक तथा सरोकारवालालाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे।
सानिमा बैंकको देशका सातै प्रदेशमा ११६ कार्यालय र ९७ वटा एटीएम सञ्चालनमा रहेका छन्।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago