काठमाण्डौ । सानिमा बैंक लिमिटेडले आज कात्तिक १६ गते उदयपुरगढीको गढीमा बैंक शाखा स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ।
गढी शाखाको उद्घाटन उदयपुरगढी गाउँपालिका अध्यक्ष मानबहादुर केप्छाकी र प्रदेश नं १ का प्रदेश प्रमुख विशाल दाहालले संयुक्त रुपमा गरेका छन्।
उद्घाटन् समारोहमा उदयपुरगढी गाउँपालिका अध्यक्ष केप्छाकीले ग्रामीण क्षेत्रमा सानिमा बैंकले शाखा संचालनमा ल्याएसँगै सो क्षेत्रका स्थानीय बासिन्दाको बैंकिङ तथा वित्तीय आवश्यकता पूरा गर्न सदरमुकाम पुग्नुपर्ने अवस्थाको अन्त्य भएको बताए। यसका साथै बैंकलाई धन्यवाद ज्ञापन गर्दै उनले सबल अनि विश्वसनीय बंैकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे।
यसैगरी प्रदेश नं १ का प्रदेश प्रमुख विशाल दाहालले ग्राहक तथा सरोकारवालालाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे।
सानिमा बैंकको देशका सातै प्रदेशमा ११७ कार्यालय र ९७ वटा एटीएम सञ्चालनमा रहेका छन् ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19