काठमाण्डौ। सानिमा बैंक लिमिटेडले आज आइतबारबाट काठमाण्डौको बलम्बुमा बैंक शाखा स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ। 

उक्त शाखा कार्यालयको उद्घाटन सानिमा बैंकका अध्यक्ष तुकप्रसाद पौडेल र ब्रान्ड प्रवर्द्धक वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) ले संयुक्त रुपमा गरेका छन्। 

उदद्घाटन् समारोहमा मह जोडीले काठमाण्डौको बलम्बुमा सानिमा बैंकको कार्यालय सञ्चालनमा आएकोमा बैंकलाई बधाइ ज्ञापन गर्दै सबल अनि विश्वसनीय बंैकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताका लागि शुभकामना व्यक्त गरे। 

कार्यक्रममा सानिमा बैंकका अध्यक्ष पौडेलले बैंकका ग्राहक तथा सरोकारवालालाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे। 

सानिमा बंैकको देशका सातै प्रदेशमा ११८ कार्यालय र ९७ वटा एटीएम सञ्चालनमा छन्।