काठमाण्डौ। नयाँ वर्ष २०२२ को अवसरमा सानिमा बैंकले आफ्ना ग्राहकका लागि ‘सानिमा सजिलो ई–बैंकिङ नयाँ वर्ष धमाका योजना’ सार्वजनिक गरेको छ।
यो योजनाअन्तर्गत ग्राहकले सानिमा सजिलो ई–बैंकिङमार्फत कारोबार गरी आकर्षक पुरस्कारहरु जित्न सक्नेछन्। मोबाइल एप निर्माता एफवन सफ्टसँगको सहकार्यमा सञ्चालित यस योजनामा ३ जना भाग्यशाली विजेताले आईफोन १३, २ जना भाग्यशाली जोडीले बाली–इन्डोनेसिया भ्रमण र ५ जना भाग्यशाली जोडीले पोखरा भ्रमण पुरस्कारमा प्राप्त गर्न सक्नेछन्।
त्यस्तै पहिलोपटक कारोबार गर्ने १० जना ग्राहकले प्रत्येक दिन रु. १०० क्यासब्याक पनि प्राप्त गर्न सक्नेछन्। यस योजनामा सहभागी हुनका लागि ग्राहकले सानिमा बैंकको मोबाइल बैंकिङ एप सानिमा सजिलो ई–बैंकिङ प्रयोग गरी ३ महिनामा कम्तीमा १५ वटा कारोबार गर्नुपर्नेछ।
यो योजना आउँदो जनवरी १ देखि मार्च ३१, २०२२ सम्म लागू हुनेछ। सानिमा बैंककोे मोबाइल बैंकिङ एप प्लेस्टोर वा एप स्टोरबाट डाउनलोड गर्न सकिन्छ। यसका साथै नजिकैको शाखामा सम्पर्क गरी कारोबार सुचारु गर्न सकिने बैंकले जनाएको छ।
सानिमा बैंकको देशभर ११९ वटा कार्यालय र ९७ वटा एटीएम सञ्चालनमा रहेका छन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19