काठमाण्डौ । सानिमा बैंक लिमिटेडले आज फागुन १२ गते गोरखाको शक्तिचोकमा बैंक शाखा स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ।

उक्त शाखा कार्यालयको उद्घाटन ब्रान्ड प्रवर्द्धक वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) तथा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले संयुक्त रुपमा गरेका छन्। 

उद्घाटन समारोहमा मह जोडीले गोरखाको शक्तिचोकमा सानिमा बैंकको कार्यालय सञ्चालनमा आएकोमा बैंकलाई बधाइ ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकका रुपमा निरन्तर विस्तार हुन र थप सफलताका लागि शुभकामना व्यक्त गरे। 

त्यसैगरी गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले सहज रुपमा सबैको पहुँच पुग्ने गरी सेवा प्रदान गर्न सुझाव दिए। 

सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले बैंकका ग्राहक तथा सरोकारवालालाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे। 

सानिमा बैंकको देशका सातै प्रदेशमा १२३ कार्यालय र १०३ वटा एटीएम सञ्चालनमा रहेका छन्।