काठमाण्डौ । सानिमा बैंकले आफ्ना ग्राहकका लागि नक्साल तरकारी बजारमा सजिलो ई–बैंकिङमार्फत क्यूआर कोडबाट भुक्तानी गर्दा क्यासब्याकको प्राप्त गर्न सक्नेछन्।
यो योजना २०७८ फागुनदेखि २०७९ वैशाख मसान्तसम्मका लागि लागू हुनेछ। नक्साल तरकारी बजारमा सानिमा बैंकका ग्राहकले बैंकको मर्चेन्टसँग क्यूआर स्क्यान गरी भुक्तानी गर्दा प्रतिकारोबारमा २ प्रतिशत वा अधिकतम रु. २० तथा मासिक अधिकतम रु. ५०० सम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछन्।
क्यासब्याकबापत रकम आगामी महिनाको पहिलो हप्ता ग्राहकको खातामा जम्मा गरिनेछ।
ग्राहकले प्लेस्टोर÷एपस्टोरबाट सानिमा सजिलो ई–बैंकिङ एप डाउनलोड गरी नजिकैको शाखाबाट कारोबार सुचारु गर्न सक्नेछन्।
सानिमा बंैकको देशभर सातै प्रदेशमा गरी १२३ वटा कार्यालय तथा १०३ वटा एटीएम सञ्चालनमा रहेका छन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19