काठमाण्डौ । सानिमा बैंक लिमिटेडले आज फागुन १६ गते काभ्रेको पाँचखालस्थित तामाघाटमा बैंक शाखा स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ।
उक्त शाखा कार्यालयको समुद्घाटन पाँचखाल नगरपालिकाका मेयर महेश खरेलले एक कार्यक्रमका बीच गरेका छन्।
उद्घाटन समारोहमा मेयर खरेलले पाँचखालको तामाघाटमा सानिमा बैंकको कार्यालय सञ्चालनमा आएकोमा बैंकलाई बधाइ ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकका रुपमा निरन्तर विस्तार हुन र थप सफलताका लागि शुभकामना गरे।
कार्यक्रममा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सरोज गुरागाईंले बैंकका ग्राहक तथा सरोकारवालालाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे।
सानिमा बैंकको देशका सातै प्रदेशमा १२४ कार्यालय र १०४ वटा एटीएम सञ्चालनमा रहेका छन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19