काठमाण्डौ । सानिमा बैंकले मोबाइल बैंकिङ एप ‘सानिमा सजिलो ई–बैंकिङ’मा सफलतापूर्वक नेपालपे क्यूआर समायोजन गरेको छ। 

सजिलो ई–बैंकिङ प्रयोगकर्ताले अब नेपालपे क्यूआरबाट सजिलै क्यूआर स्क्यान गरी डिजिटल भुक्तानी गर्न सक्नेछन्। 

बैंकले नेपालपे क्यूआरको क्यूआर आधारित कारोबारका लागि एनसीएचएलसँग सहकार्य गर्नेछ। यस सहकार्यले नेपालमा डिजिटल भुक्तानी प्रणालीलाई प्रोत्साहन गर्दै डिजिटल कारोबार बढाउने अपेक्षा बैंकले गरेको छ।

सानिमा बंैकको देशका सातै प्रदेशमा १२४ कार्यालय र १११ वटा एटीएम सञ्चालनमा रहेका छन्।