काठमाण्डौ। सानिमा बैंकले र्‍याडिसन होटेल, द एभरेष्ट होटेल, होटेल अकामा र अलफ्ट काठमाण्डौ ठमेलसँग होटेलको सेवाहरुमा छुट दिने सम्झौता गरेको छ।

ग्राहकले सानिमा भिसा कार्ड (डेबिट वा क्रेडिट) र सानिमा सजिलो ई–बैंकिङ प्रयोग गरी भुक्तानी गर्दा र्‍याडिसन होटेलमा १०% छुट, द एभरेष्ट होटेलमा १५% छुट, होटेल अकामामा २०% छुट र अलफ्ट काठमाण्डौ ठमेलमा १५% छुट पाउनेछन्। यी होटेलहरुमा प्रदान गरिने विभिन्न सेवाहरुमा छुट उपलब्ध हुनेछन्।

सानिमा बैंकको क्रेडिट कार्ड बैंकको वेबसाइट https://creditcard.sanimabank.com/credit-card/online-application बाट आवेदन दिन सकिन्छ।

सानिमा बंैकको देशका सातै प्रदेशमा १२६ वटा कार्यालय तथा ११४ वटा एटीएम सञ्चालनमा रहेका छन्। यसका साथै, सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ आउटलेट, होटेल, रेस्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ। छुटको विस्तृत विवरण बैंकको वेबसाइट https://www.sanimabank.com/products/cards/discount-outlets मा उपलब्ध छ।