काठमणडौ । सानिमा बैंक गोकर्णेश्वर कार्यालयले चैत १२ गते ग्लोबल मनि विक २०२२ अन्तर्गत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।

गोकर्णेश्वर कार्यालयले बौद्धमा रहेको शान्ति फाउन्डेसनमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको हो। शान्ति फाउन्डेसन गैरसरकारी संस्थाले महिलाहरुलाई सचेतना र सहायता दिने विभिन्न कार्यहरु गर्दछ। उक्त कार्यक्रममा ५० जना महिलाको सहभागिता थियो।

कार्यक्रममा बैंकको महत्व, बैंकिङ सेवाहरु, डिजिटल बैंकिङ सेवा र यसका महत्वहरु, क्यूआर कोड र डिजिटल बैंकिङ सेवा प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीहरु समावेश गरिएको थियो। 

शान्ति फाउन्डेसनकी कार्यकारी निर्देशक तामाङले वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको र सबैमा बैंकिङको महत्व बुझाएकोमा बैंकलाई धन्यवाद ज्ञापन गरिन्। 

सानिमा बैंकले देशका सातै प्रदेशमा सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय साक्षरता कार्यक्रमहरु आयोजना गरेको छ। सानिमा बैंकको देशका सातै प्रदेशमा १२६ कार्यालय र ११४ वटा एटीएम सञ्चालनमा रहेका छन्।