काठमाण्डौ । सानिमा क्यापिटलको पहिलो म्युचुुअल फण्ड सानिमा इक्वीटी फण्डले मंगलबार आफ्नो इकाईहरुको बाँडफाँड गरेको छ । 

सानिमा इक्वीटी फण्डको व्यवस्थापक सानिमा क्यापिटलले बुधबार एक सूचना प्रकाशित गरी आइपीओको बाँडफाँड गरिएको प्रष्ट्याएको हो । 

सानिमा इक्वीटी फण्डले खुलाएको इकाईहरुमा २१ ह्जार १ सय ३५ आवेदकहरुले खरीदका लागि आवेदन दिएका थिए । आवेदन दिएका सबैले इकाई पाएका सूचनामा उल्लेख छ । 

कुल १० करोड ९७ लाख ७ हजार ३ सय २० इकाई नै सर्वसाधारणलाई बाँडफाँड गरिएको कम्पनीले सूचनामा प्रष्ट्याएको छ । 

सानिमा इक्वीटी फण्डले कुल १ अर्ब २० करोड रुपैयाँ बराबरको म्युचुुअल फण्डको इकाई निश्कासन गरे पनि केही बढी आवेदन परेपछि १० करोडले फण्डको आकार बढाइएको बताइएको छ । 

निश्कासित इकाईमध्ये १५ प्रतिशत भने फण्ड स्पोन्सर सानिमा बैंकका लागि छुट्याइएको थियो । 

सानिमा इक्वीटी फण्ड ७ वर्षे बन्दमुखी स्कीम हो ।