काठमाण्डौ । सानिमा बैंकका ग्राहकले अब नमस्ते पे वालेटबाट कारोबार गर्न सक्ने भएको छ।

सानिमा बैंकका ग्राहकले नमस्ते पे वालेटबाट बैंकको मोबाइल बैंकिङ लगइन गरी सजिलै रकम रकमान्तर (चेकआउट) गर्न सक्नेछन्। बैंकले ग्राहकका लागि मोबाइल बैंकिङ एपमार्फत फन्ड लोड गर्ने प्रणालीको पनि ब्यवस्था चाँडै नै उपलब्ध गराउनेछ।

बैंकको मोबाइल बैंकिङ एपबाट इसेवा, खल्ती र नमस्ते पे वालेट गरी तीनवटा वालेटमा सेवा उपलब्ध गराइरहेको छ। 

यसैगरी सानिमा बैंकले डिजिटल बैंकिङको अधिकतम प्रयोग र नगदरहित कारोबारलाई प्रोत्साहन गर्न यस्ता कार्यहरु गर्दै जाने भन्ने विश्वास गरेको छ।

सानिमा बैंकको देशभर १२७ कार्यालय र १२० वटा एटीएम सञ्जाल सञ्चालनमा छन्।