काठमाण्डौ । सानिमा बैंकले बुवाको मुख हेर्ने दिनका अवसरमा ग्राहकलाई विशेष छुट दिने व्यवस्था गरेको छ। 

उक्त छुट ग्राहकले रेडिसन होटेल (द पेस्ट्री सप), अकामा होटल, गिफ्टमाण्डू, केक मार्ट प्रालि, बाजेको केक, ओनेक्स ट्रेडिङ प्रालि (द बाइकफार्म नेपाल) र सोवा हेल्थकेयर सेन्टरमा प्राप्त गर्न सक्नेछन्। 

सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड वा मोबाइल बैंकिङ (क्यूआर स्क्यान)बाट साझेदारी मर्चेन्टहरुमा भुक्तानी गर्दा २० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन्। यसैगरी कुनै पनि मर्चेन्टमा ग्राहकहरुले सानिमा मोबाइल बैंकिङबाट क्यूआर कोडबाट भुक्तानी गर्दा १० प्रतिशत अधिकतम रु. १०० सम्मको छुट प्राप्त गर्न सक्नेछन्। यो योजना भदौ ११ गतेमात्र लागू हुनेछ।

सानिमा बैंकको क्रेडिट कार्ड बैंकको वेबसाइट https://creditcard.sanimabank.com/credit-card/online-application मा लगइन गरी आवेदन दिन सकिन्छ।

सानिमा बैंकको देशका सातै प्रदेशमा १२७ वटा कार्यालय तथा १२० वटा एटीएम सञ्चालनमा रहेका छन्। यसका साथै सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ आउटलेट, होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ। 

विस्तृत विवरणका लागि https://www.sanimabank.com/products/cards/discount-outlets df log in मा यिन ष्ल गर्नुहोला।