काठमाण्डौ । नेपालीको महान् चाड वडा दसैँका अवसरमा सानिमा बैंकले ग्राहकका लागि दराजसँग ‘दसैँ धमाका’ योजनामा विशेष छुट दिने सहकार्य भएको छ। 

योजना अवधिभर ग्राहकले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा दराजबाट सामान खरिद गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन्। ग्राहकले डेबिट कार्डबाट भुक्तानी गर्दा १५% वा अधिकतम रु. २ हजारसम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २०% वा अधिकतम रु. २ हजार ५०० सम्मको छुट प्राप्त गर्न सक्नेछन्। 

योजना अवधिभर सहभागी हुने ग्राहकलाई ‘पहिलोलाई प्राथमिकता’का आधारमा छुट प्रदान गरिनेछ। छुटका लागि ग्राहकले दराजबाट बैंक भौचर संकलन गर्नुपर्नेछ। यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले शून्य ब्याजदरमा मासिक किस्ताबन्दी (ईएमआई) सुविधा पनि प्राप्त गर्न सक्नेछन्। 

यो योजना आज भदौ २९ देखि असोज ११ गतेसम्म १४ दिनका लागि लागू हुनेछ। यसका साथै सानिमा बैंकले क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई मासिक किस्ताबन्दी (ईएमआई) सुविधा लिँदा रु. ५०० को क्यासब्याक पनि प्रदान गर्नेछ।  क्यासब्याक योजना आउँदो असोज १ देखि कात्तिक ३० गतेसम्म लागू हुनेछ।

सानिमा बैंकको क्रेडिट कार्ड बैंकको वेबसाइट https://creditcard.sanimabank.com/credit-card/online-application बाट आवेदन दिन सकिन्छ।

सानिमा बैंकको देशका सातै प्रदेशमा १२७ वटा कार्यालय तथा १२० वटा एटीएम सञ्चालनमा रहेका छन्। यसका साथै सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ एप प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ आउटलेट, होटेल, रेस्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ।  

विस्तृत विवरण बैंकको वेबसाइट https://www.sanimabank.com/products/cards/discount-outlets मा उपलब्ध छ।