काठमाण्डौ । सानिमा बैंकले ग्राहकहरुको सुविधाका लागि क्यास डिपोजिट मसिन सञ्चालनमा ल्याएको छ ।

सो मेशिनबाट ग्राहकहरु आफैंले खातामा रकम जम्मा गर्नसक्नेछन् । 

यस सुबिधाबाट ग्राहकहरुलाई काउन्टरमा लाइन बस्न पर्ने झञ्झटबाट मुक्ति मिल्ने तथा समयको समेत बचत हुने बैंकले एक विज्ञप्तिमार्फत विश्वास व्यक्त गरेको छ । 

हाल सो मेशिनबाट ग्राहकहरुले रु. ५०० र १००० दरका रु.१ लाखभन्दा कम नेपाली नोट रकम जम्मा गर्न सक्नेछन् । यसरी रकम जम्मा भएपछि ग्राहकले जम्मा रसिद प्राप्त गर्नेछन् । हाल यो सुबिधा बैंकको केन्द्रिय कार्यालय, नक्सालबाट मात्र प्राप्त हुनेछ । 

सानिमा बैंकको देशभर १२७ शाखा कार्यालयहरु र १२० वटा एटिएम सञ्जाल सञ्चालनमा छन् ।