काठमाण्डौ । सानिमा बैंकले आफ्ना ग्राहकलाई सेयर कारोबार प्रक्रियामा थप सहजता र सरलता प्रदान गर्न ‘थ्री इन वान’ खाताको प्रणाली परिष्कृत गरेको छ।

ग्राहकको सुविधालाई मध्यनजर गर्दै थ्री इन वान खाताको अनलाइन फारम भर्दा ग्राहकले बैंक खाता, डिम्याट खाता र ट्रेडिङ खाताका साथै सी–आस्बा र मेरो सेयरको आवेदन पनि दिन सक्नेछन्। यसका साथै थ्री इन वान पोर्टलको ड्यासबोर्डमा बैंकले सहज र सरल प्रक्रियाका लागि विभिन्न जानकारीहरु लिन मिल्ने व्यवस्था गरिएको छ। 

यो खाता खोल्न ग्राहकले घरमै बसी सानिमा बैंकको वेबसाइटमार्फत आवेदन दिन सक्नेछन्। खाता भइसकेका ग्राहकले समेत यसबाट सी–आस्बा तथा मेरो सेयरको सुविधा लिन सक्नेछन्। 

सानिमा क्यापिटल र सानिमा बैंकले संयुक्त रुपमा सञ्चालनमा ल्याएको यो खातामा ग्राहकले अनलाइनमार्फत दोस्रो बजारबाट सेयर खरिद र बिक्री गर्न सक्नेछन्। यो खाता खोल्नका लागि सानिमा बैंकका नयाँ तथा पुराना ग्राहकले बैंकको वेबसाइट www.sanimabank.com बाट ‘थ्री इन वान अकाउन्ट’मा क्लिक गरी आवश्यक विवरण भरी आवेदन दिनुपर्नेछ। आईपीओमार्फत सेयर खरिद गरेका ग्राहकसमेत केही प्रक्रिया पूरा गरी सानिमा थ्री इन वान खातामार्फत सजिलै सेयर बिक्री गर्न मिल्ने सुविधा यस खातामा रहेको छ।

सानिमा बैंककोे सातै प्रदेशमा १२९ वटा कार्यालय र १२२ वटा एटीएम सञ्जाल छन्।