काठमाण्डौ । सानिमा मिडिल तमोर हाइड्रोपावरको सेयर कारोबार धितोपत्र दोस्रो बजारमा आज सोमबारबाट खुलेको छ।
आज स्पेसल प्रिसेसनमा यो कम्पनीको सेयर नेप्सेले तोकेको रेन्जभित्र किनबेच भएपछि नियमित समयका लागि कारोबार खुलेको हो।
नेप्सेले पहिलो कारोबारका लागि यो कम्पनीलाई प्रतिकित्ता न्यूनतम ९८.४३ रुपैयाँ र अधिकतममा २९५.२९ रुपैयाँ तोकेको छ। स्पेसल प्रिसेसनमा प्रतिकित्ता २९५ रुपैयाँमा किनबेच भएको छ।
नेप्सेले यो कम्पनीलाई ‘टीएएमओआर’ कारोबार संकेत प्रदान गरेको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा हिजो आइतबार सानिमा मिडिल तमोरको साधारण सेयर सूचीकृत भएको थियो। यो कम्पनीको कुल ३ करोड ३३ लाख २५ हजार कित्ता सूचीकृत भएको छ। जसमा संस्थापक समूहको २ करोड ३३ लाख २७ हजार ५०० कित्ता, स्थानीयको ३३ लाख ३२ हजार ५०० कित्ता र कम्पनी र आयोजना क्षेत्रका कर्मचारीको १६ लाख ६६ हजार २५० कित्ता र सर्वसाधारणको ४९ लाख ९८ हजार ७५० कित्ता सेयर छन्।
कम्पनीले गत फागुन २६ गतेदेखि फागुन ३० गतेसम्म सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19