काठमाण्डौ । सानिमा जीआईसी इन्स्योरेन्सले ३८ लाख कित्ता संस्थापक सेयर सर्वसाधारणमा परिणत गरेको छ।
कम्पनीले संस्थापक र सर्वसाधारणको सेयर स्वामित्वमा परिमार्जन गर्दै ३८ लाख कित्ता संस्थापक सेयर सर्वसाधारणमा परिणत गरेको हो।
यसअघि कम्पनीमा संस्थापक समूहको ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत सेयर स्वामित्व रहेको छ। त्यसलाई परिमार्जन गर्दै अहिले कम्पनीमा संस्थापक समूहको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत कायम गरेको छ।
यसका लागि कम्पनीले संस्थापक समूहको १९ प्रतिशत सेयर सर्वसाधारणमा परिणत गरेको छ।
नेप्सेमा कम्पनीको कुल २ करोड कित्ता सेयर सूचीकृत रहेको छ। जसअनुसार १९ प्रतिशत हुन आउने ३८ लाख कित्ता संस्थापक सेयर सर्वसाधारणमा परिणत गरिएको हो।
नेप्सेले आजको निर्णयबाट कम्पनीको परिवर्तित धितोपत्रको संरचना अभिलेख राख्ने निर्णय पनि गरेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19