काठमाण्डौ । मर्जरपछि बनेको सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको सेयर कारोबार आइतबारबाट धितोपत्र दोस्रो बजारमा खुल्ने भएको छ।
साबिकको सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्स मर्जर भएपछि दुवै कम्पनीको सेयर सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको नाममा आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ। भोलि शुक्रबार परेको अब आउँदो आइतबार सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको नाममा सेयर कारोबार खुल्ने भएको हो। यसअघि मर्जरका लागि दुवै कम्पनीको सेयर रोक्का रहेको थियो।
नेप्सेमा आज १०० अंकित दरका कुल ४ करोड १८ लाख ४० हजार कित्ता सेयर सूचीकृत भएको छ। जसमा साबिक रिलायन्स लाइफ इन्स्योरेन्सको २ करोड १० लाख कित्ता सेयर सानिमा रिलायन्स लाइफको नाममा कायम गरिएको नेप्सेले जनाएको छ।
नेप्सेले यो कम्पनीलाई प्रतिकित्ता ३९१.८८ रुपैयाँ ओपनिङ रेन्ज तोकिएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago