काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)मा दुईवटा कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै निवेदन दिएका छन्।
सेबोनमा सानिमा हाइड्रोपावर र कान्तिपुर टेलिभिजन नेटवर्कले आईपीओ जारीको अनुमति माग्दै निवेदन दिएका हुन्। सानिमा हाइड्रोपावरले गत जेठ २६ गते र कान्तिपुर टेलिभिजनले गत जेठ २८ गते निवेदन दिएका हुन्।
आईपीओ ल्याउन लागेको कान्तिपुर टेलिभिजन दोस्रो मिडिया हाउस हो। यसअघि नेपाल रिपब्लिक मिडियाले आईपीओ ल्याएको थियो। नेपाल रिपब्लिक मिडियाले सर्वसाधारणलाई जारी गरेको आईपीओमा आवेदन दिने आज जेठ ३० गते अन्तिम दिन रहेको थियो।
सेबोनले अनुमति दिएमा सानिमा हाइड्रोपावरले २४ करोड ५० लाख रुपैयाँबराबरको आईपीओ ल्याउनेछ। जसअनुसार कम्पनीले १०० अंकित दरका कुल २४ लाख ५० हजार कित्ता स्थानीय र सर्वसाधारणलाई बिक्री गर्नेछ।
यसैगरी कान्तिपुर टेलिभिजनले ७ करोड ५० लाख रुपैयाँबराबरको आईपीओ ल्याउन सेबोनसँग अनुमति मागेको छ। सेबोनले अनुमति दिएमा यो कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ७ लाख ५० हजार कित्ता आईपीओ बिक्री गर्नेछ।
आईपीओ बिक्री प्रबन्धकमा सानिमा हाइड्रोपावर र कान्तिपुर टेलिभिजन दुवैको सानिमा क्यापिटल रहेको छ।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19