काठमाण्डौ । सानिमा बैंकले सानिमा दीर्घायु बचत योजनाअन्तर्गत रु. ३ लाखको घातक रोगको बीमा दाबी रकम भुक्तानी गरेको छ।

बैंकको खातावाला राममाया अधिकारीलाई सानिमा दिर्घायु बचत योजनाअन्तर्गत रु. ३ लाखको घातक बीमा रकम भुक्तानी गरिएको हो। सानिमा बैंकका बालाजु कार्यालयका प्रबन्धक रामहरि अधिकारीले बीमा प्रदायक कम्पनी मेटलाइफको संयोजनमा बीमा रकमको चेक हस्तान्तरण गरे। 

राममाया अधिकारीले सानिमा बैंकको धादिङबेसी शाखामा उक्त योजनाअन्तर्गत बचत खाता खोलेकी थिइन्। 

सानिमा बैंकले दीर्घायु बचत योजनाअन्तर्गत रु. १० लाखको दुर्घटना बीमा, रु. ३ लाखसम्मको १३ घातक रोगको उपचार बीमा, रु. १० हजारसम्मको ओपीडी भुक्तानी शुल्कसहितको रु. ५० हजारसम्मको औषधोपचार बीमा, रु. ५० हजारको आवधिक जीवन बीमा र रु. ५ हजारको वार्षिक स्वास्थ्य परीक्षण सुविधा प्रदान गर्दै आइरहेको छ।

सानिमा बैंकको देशका सातै प्रदेशमा १३२ वटा कार्यालय तथा १२२ वटा एटीएम सञ्चालनमा छन्।