काठमाण्डौ । सानिमा बैंकले सानिमा दिर्घायु तलब बचत खाताअन्तर्गत रु. १० लाखको दुर्घटना बीमा दाबी रकम भुक्तानी गरेको छ। बैंककी खातावाला भूमिका आलेको दुर्घटना भई मुत्यु भएकोले निजको हकवाला क्षितिज आलेलाई रु. १० लाखको दुर्घटना बीमा रकम भुक्तानी गरिएको छ। 

सानिमा बैंकका कुमारीपाटी शाखाकी शाखा प्रबन्धक रोमिला कोइरालाले बीमा प्रदायक कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको संयोजनमा बीमा रकमको चेक हस्तान्तरण गरेकी हुन्। 

स्वर्गीय भूमिका आलेले सानिमा बैंकको कुमारीपाटी शाखामा सानिमा दिर्घायु तलब बचत खाता खोलेकी थिइन्। 

सानिमा बैंकले दिर्घायु बचत तलब खाताअन्तर्गत रु. १० लाखको दुर्घटना बीमा, रु. ३ लाखसम्मको १३ घातक रोगहरुको उपचार बीमा, रु. १० हजारसम्मको ओपीडी भुक्तानी शुल्कसहितको रु. ५० हजारसम्मको औषधोपचार बीमा, रु. ५० हजारको आवधिक जीवन बीमा र रु. ५ हजारको वार्षिक स्वास्थ्य परीक्षण सुविधा प्रदान गर्दै आइरहेको छ।

सानिमा बैंकको देशका सातै प्रदेशमा १३२ वटा कार्यालय तथा १२२ वटा एटीएम सञ्चालनमा रहेका छन्।