काठमाण्डौ । सानिमा बैंकले आईएसओ २७००१ः२०१३ सर्टिफिकेसन प्राप्त गरेको छ। 

सूचना प्रविधि र सूचना प्रविधिकसँग सम्बन्धित सेवाहरु सुरक्षित ढंगले प्रदान गरेको र आन्तरिक बाह्य ग्राहकलाई उत्कृष्ट बैंकिङमा उत्कृष्ट आईटी सर्भिस प्रदान गरेको बैंकले यो सर्टिफिकेसन प्राप्त गर्न सफल भएको हो। बैंक सदैव ग्राहकको डाटा र प्रविधि सुरक्षामा तत्पर रहेको र यो सर्टिफिकेसन पाउनुलाई कोशेढुंगाका रुपमा लिइएको बैंकले जनाएको छ। 

आगामी दिनमा सूचना प्रविधि र डाटा सुरक्षामा बैंकले ग्राहकलाई थप विश्वास र भरोसा दिलाउन कतिबद्ध रहने प्रतिबद्धता जनाएको छ। 

सानिमा बैंकले हाल १३२ शाखा र १२२ एटीएम सञ्जालबाट ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ।